काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई हराएको छ । भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आज भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोलअन्तरले स्तब्ध पारेको हो ।
निर्धारित समय सकिनै लाग्दा ९० औं मिनेटमा मिना देउवाको पासमा शुक्रिया मियाँले गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । नेपालले अब बलियो टोली उत्तर कोरियासँग खेल्न बाँकी छ । सो खेल आइतबार हुनेछ । प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् ।