काठमाडौँ । सन २०२६ मा हुने आईसीसी टी– २० महिला विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमा आयोजना हुने भएको छ ।
आईसीसीले सो प्रतियोगिता नेपालमा हुने घोषणा गरेको हो । प्रतियोगिता आगामी १२ जनवरीदेखि १६ फेब्रुअरी २०२६ सम्म हुने छ । विश्वकप छनोट खेलका लागि १० टोली सहभागी हुने छन् । उत्कृष्ट ४ टोली विश्वकपमा छनोट हुने छन् ।