काठमाडौँ । एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट २०२५ का लागि नेपाली टोलीको घोषणा गरिएको छ । टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले हिजो २३ सदस्यीय टोली घोषणा गरेको हुन् ।
टोलीले आउँदो भदौ २३ देखि २८ गतेसम्म भूटानमा आयोजना हुने छनोटमा खेल्नेछ । नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा उत्तर कोरिया, आयोजक भूटान र साउदी अरब पनि छन् ।
छनोट चरणमा हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष आयोजना हुने एएफसी २० वर्षमुनिको महिला एशियन कपको अन्तिम चरणमा स्थान बनाउनेछ ।