काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष प्रतिवेदन बुझाएको छ । डा. रेवतबहादुर कार्की संयोजकत्वको कार्यदलले गभर्नरसमक्ष पूर्ण प्रतिवेदन बुझाएको हो ।
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेश गर्ने उद्देश्यले डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा नेपाल बैंकर्स संघका पूर्व अध्यक्ष भुवनकुमार दाहाल सदस्य र नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य सचिव रहने गरी कार्यदल बनेको बनेको थियो । असार २४ गते प्रारम्भिक प्रतिवेदन बुझाएको कार्यदलले सोमबार पूर्ण प्रतिवेदन बुझाएको हो ।

