काठमाडौँ । रसुवामा मंगलबार बिहान एकाएक आएको बाढीबारे जल तथा मौसम विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।
प्रतिवेदनअनुसार बिहान ३ बजे आसपास भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठुलो बाढी आएको उल्लेख छ । तर उपलब्ध विवरणहरू विश्लेषणका आधारमा वर्षाकै कारण यति ठुलो बाढी आएको नदेखिने महाशाखाको भनाइ छ ।



