काठमाडौं ।नेपाल प्रिमियर लिग एनपीएल को तेस्रो संस्करणलाई ध्यानमा राख्दै नेपाल टेलिकमले ग्राहकका लागि नयाँ ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ।
क्रिकेटप्रेमी तथा मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको यो योजनामा इन्टरनेट डेटा र भ्वाइस कलको सुविधा समावेश गरिएको छ।नेपाल टेलिकमका अनुसार प्रिपेड र पोस्टपेड दुवै सेवाका ग्राहकले ५९९ रुपैयाँमा यो प्याकेज लिन सक्नेछन्। प्याकेजको अवधि ३० दिन रहनेछ। यसअन्तर्गत प्रयोगकर्ताले सबै नेटवर्कमा गरी ३३३ मिनेटसम्म फोन गर्न पाउनेछन् भने दैनिक ८ जीबी डेटा उपलब्ध हुनेछ।कम्पनीले यो प्याकेज कात्तिक १० देखि मंसिर ५ गतेसम्म खरिद गर्न सकिने जनाएको छ। ग्राहकले मोबाइलबाट डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एप प्रयोग गरी प्याकेज सक्रिय गर्न सक्नेछन्।
पोस्टपेड सेवा प्रयोग गर्ने ग्राहकका लागि भने प्याकेजको शुल्क मासिक रेन्टल चार्जमा समावेश गरिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ।नेपाल टेलिकम एनपीएलको तेस्रो संस्करणको आधिकारिक टेलिकम साझेदारसमेत हो। प्रतियोगितालाई लक्षित गरी ल्याइएको यो योजनाले क्रिकेटप्रेमीलाई मोबाइल डेटा तथा कल सुविधा प्रयोग गर्न सहज बनाउने कम्पनीको अपेक्षा छ।