काठमार्डौँ । डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले पछिल्लो समय रास्वपाका नेताहरुसंगको भेटघाटलाई तीब्र बनाएका छन् ।
पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा उत्रिएका ढकाल अहिले रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि लागि परेका छन् । उनि अहिले भित्रै भित्र रास्वपाका नेताहरुलाई भेटेर चुनावको तयारी गरिरहेको बुझ्न सकिन्छ ।
अहिले भने उनी रुपन्देही ३ बाट उपचुनाव लड्ने प्रचार गर्दै हिँडिरहेका छन् । सकेसम्म रास्वपाको समर्थन लिएर उम्मेदवारी दिने र त्यो सफल नभए स्वतन्त्र भए पनि लड्ने उनका निकटस्थहरु बताउँछन् । आज उनले फेसबुकमा लेखेको स्टाटसले पनि त्यस्तै संकेत गर्छ ।
रुपन्देही ३– नेपालको इतिहास रच्न तयार हुनुहुन्छ ? शीर्षकमा उनले लेखेको स्टाटस यस्तो छः
यो स्टाटसमा उनले चुनाव लड्ने भनेर सिधै घोषणा नगरे पनि स्पष्ट संकेत भने दिएका छन् । स्टाटसबाट उनी रवि, बालेनदेखि कुलमानका समर्थकसम्मलाई रिझाउने प्रयासमा रहेको बुझ्न सकिन्छ । बुझिए अनुसार रास्वपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिने, र बालेन–कुलमानको नाम लिएर चुनाव जित्ने उनको रणनीति हो । तर, उनलाई रास्वपाले समर्थन गर्ने स्थिति अहिलेसम्म देखिएको छैन । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते हुने भएको छ। २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहोरा निर्वाचित भएका थिए । तर बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त क्षेत्र रिक्त छ ।