काठमाडौं । रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नेकपा (एमाले) ले खिमलाल भट्टराईलाई उम्मेदवार बनाउने भएको छ। एमाले नेता अब्दुस मियाँका अनुसार पार्टीले भट्टराईलाई उम्मेदवार बनाउने भएको हो।
पछिल्लो संसदीय निर्वाचनमा रुपन्देही ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित बनेका थिए।
तर, २०८१ चैत १९ गते उनको निधन भएपछि उक्त क्षेत्र रिक्त छ। रिक्त उक्त स्थानमा एमालेबाट भट्टराई उम्मेदवार बन्ने भएका हुन्।