काठमाडौं । चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कागजातमा हेरफेर र गलत विवरण राखेर भ्रष्टाचार गरेको आरोपमा रुपन्देही र दाङका तीनजना सरकारी कर्मचारीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ।
रुपन्देहीस्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय, र दाङ, तुलसीपुरस्थित कार्यालयका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरविरुद्ध आयोगले शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
उनीहरूले सरकारी कागजात सच्याएर अनियमित रुपमा लाइसेन्स जारी गराएको भन्दै ‘गलत लिखत र कागजात हेरफेर’ को अभियोगमा मुद्दा दायर गरिएको हो। चौथो अभियुक्तको नाम भने हाल सार्वजनिक गरिएको छैन।