काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र हिरासतमुक्त भएका छन् ।
शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. कुमार चुडाल र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई हाजिरी जमानीमा रिहाइ गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशलगत्तै उनी हिरासतमुक्त भएका हुन्।
राजावादीहरूले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनकै दिन बेलुका मिश्र पक्राउ परेका थिए । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा थिए ।मिश्र पक्राउ परेको ५० दिनपछि हिरासतमुक्त भएका हुन् ।