काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को क्रिकेट रङ्गशाला निर्माणमा बाधक बनेको रुख काटिएको छ । सो रुखका कारण क्रिकेट ग्राउन्डको प्याराफिट डिजाइन नै परिवर्तन गर्नुपर्ने समस्या आएपछि डिभिजन बन कार्यालयको अनुमती पछि आज बिहीबार काटिएको हो ।
त्यो रुख ग्राउन्डको प्याराफिटकै बीचमा परेपछि केहि समस्या भएको थियो । अहिले असार अन्तिम सातासम्म काम सक्ने गरि त्रिवि क्रिकेट मैदानमा काम धमाधम भईरहेको छ ।
फ्लडलाइट र १० हजार सिट क्षमताको प्यारापिट बनाउने काम भइरहेको छ । प्यारापिट बनाउन बिकेओआई–केसीडिसी–बिजी जेभीले ४३ करोड ७७ लाखमा र फ्लडलाइट जडानका लागि विशन–ईश्वरी जेभीले ४२ करोड १९ लाखमा ठेक्का पाएका छन् ।