काठमाडौँ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज उपाधि भिडन्त हुँदैछ । उपाधि रक्षाको लागि दुई विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गर्ने होडमा छन् ।
पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । पुलिस साविक विजेता हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि यो खेल हुनेछ ।आर्मीका कप्तान भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए ।
काठमाडौं बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताए । उनले विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए । नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनले जनाए ।पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रिकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे ।
फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधि रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् ।