काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने सत्ता गठबन्धनले निर्णय गरेको छ । बालुवाटारमा आज बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो ।यसअघि कांग्रेसले मुख्यमन्त्री लिएको थियो ।
कांग्रेसका उद्धव थापाले दुईपटक मुख्यमन्त्री बन्दा पनि विश्वासको प्राप्त गर्न सकेका थिएनन् । उनले विश्वासको मत लिने प्रक्रियामै असंवैधानिक बाटो प्रयोग गरेका थिए । अब फेरी कांग्रेसकै मुख्यमन्त्री बन्दा विश्वासको मत पाउने आधार नदेखिएपछि गठबन्धनले माओवादीलाई दिने निर्णय गरेको हो ।
कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधानको धारा १६८ को उपधारा ५ अनुसारको मुख्यमन्त्रीमा माओवादीका इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको जानकारी दिए ।एमाले मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले शुक्रबार साँझ सम्म मुख्यमन्त्रीको नाम सिफारिस गर्न समय दिएका छन् । आङ्बोलाई अघि सार्दा राप्रपाले सहयोग गर्ने सम्भावना छ ।