काठमाडौँ । राष्ट्रिय जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको पदको उमेदवार बनाउने भएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले आफ्नो पार्टीले झालाई राष्ट्रपति पदको उमेदवार बनाउने निर्णय गरेको बताए ।
उनले दलहरुले आआफ्नो दाबी नछोडेको भन्दै आफ्नो दलले झालाई राष्ट्रपतिको उमेदवार बनाउने बताए ।
उनले उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उमेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने स्पष्ट पारे ।
उनले जनता समाजवादी पार्टी, नेपालले पनि दुई जनाको उमेदवारी दर्ता गर्ने अवस्था देखिएको बताए ।उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उमेदवारी दर्ताको समय दिएको छ ।