काठमाडौँ । नेकपा एमालेले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
आज बिहान पार्टी केन्द्रिय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले शाक्यलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
उपराष्ट्रपति पदका लागि आज निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय दिएको छ ।