काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक आज बस्ने भएको छ । बैठक आज बिहान साढे ८ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
उपराष्ट्रपति निर्वाचन अन्तर्गत आज उम्मेदवार मनोनयनको कार्यतालिका छ, तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष उम्मेदवार बन्न नपाउने निर्णय गरेपछि दलहरू अलमलमा परेका छन् ।