काठमाडौँ । रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार हुन उमेर बाधक बनेको छ । नागरिक उन्मुक्ति पार्टीले शुक्रबार उपराष्ट्रपतिमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेपनि उनलाई उमेर बाधक गरेको हो ।
उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि आवश्यक योग्यतामध्ये एक उमेर ४५ वर्ष पूरा भएको हुनुपर्ने संवैधानिक व्यवस्था छ।
तर निर्वाचन आयोगका अनुसार उनको उमेर बल्ल ४० वर्ष पुगेको छ।आयोगमा उपलब्ध विवरण अनुसार श्रेष्ठ वि.सं.२०३९ सालमा जन्मिएकी हुन्।
जसपाले बारा २ बाट प्रतिनिसधभामा निर्वाचित रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।