काठमाडौं। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपप्रधानसहित परराष्ट्र मन्त्रालय रोजेका छन्।
यसअघि उनीसहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले गृह मन्त्रालयमा दाबी गरेका थिए।
तर, श्रेष्ठले परराष्ट्र मन्त्रालयले रोजेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने पक्का भएको हो।
लामिछानले भने, ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु।’
प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ। सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन्।
उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन्।
सम्बन्धित समाचारः
प्रचण्ड सरकारमा किन गयो रवि लामिछानेको पार्टी ? यी हुन् ५ शर्त (सूचीसहित)
प्रधानमन्त्री प्रचण्डसँगै यी ७ मन्त्रीले लिँदैछन् आजै शपथ (सूचीसहित)