काठमाडौं। एमालेबाट ४ मन्त्रीले शपथ लिने भएका छन्।
आज ४ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै एमालेबाट ४ मन्त्रीले शपथ लिने भएका छन्।
एमालेबाट विष्णु पौडेल, राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारीले शपथ लिने भएका हुन्। पौडेल उपप्रधान तथा अर्थमन्त्री बन्नेछन्।
आजै माओवादीबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खानले पनि शपथ लिँदैछन्।
श्रेष्ठ उपप्रधानसहित परराष्ट्र वा गृहमन्त्री बन्ने टुंगो लागिसकेको छैन।
लामिछानेले पनि गृह मन्त्रालयमा दाबी गरेका छन्।
मन्त्रालय भागबण्डाका लागि सातदलीय गठबन्धनको बैठक अहिले जारी छ।
राप्रपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरे पनि तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेका छन्।
सम्बन्धित समाचारः
सरकारी निवास बालुवाटारमा कुनै भड्किलो सामान खरिद नगर्न प्रचण्ड निर्देशन
प्रचण्ड सरकारमा किन गयो रवि लामिछानेको पार्टी ? यी हुन् ५ शर्त (सूचीसहित)