काठमाडौँ । कपनको एक घरमा भीषण आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । राम मन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी भएको थियो ।
कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।आगलागीमा परी मृत्यु हुनेको संख्या तीन पुगेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
उनका अनुसार मृतकको पहिचान हुन सकेको छैन ।दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।
यो पनि पढ्नुस् :-
कपन आगलागीमा दुई जनाको मृत्यु