काठमाडौँ । काठमाडौंको कपनमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ।बुधबार बेलुकी पौने ७ बजे कपनको एक घरमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।
घरमा रहेको ग्यास सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ।काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता सिताराम रिजालका अनुसार मृतक दुई जनाको पहिचान खुलेको छैन।