काठमाडौँ । सोमबार साँझ काठमाडौंको गोठाटारमा भएको गोलीकाण्डमा घाइते भएका सर्लाहीका लाल मोहमम्द दर्जीको मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।शंकरापुरमा उपचार सम्भव नभएपछि उनलाई शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ ।
प्रहरीले चार राउन्ड गोली चलेको अनुमान गरेको छ । घटनामा गोली कसले चलाएको हो भन्ने विवरण आइसकेको छैन । गोलीकाण्डमा प्रयोग भएको प्रहरीले पेस्तोल फेला पारेको छ ।