काठमाडौं । काठमाडौंको गोठाटारमा गोली चल्दा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीका अनुसार गोठाटारको कृष्ण मन्दिर नजिकै गोली चलेको हो।
गोली प्रहारबाट सर्लाही गोडैता नगरपालिका-२ मुस्लिम टोलका लाल मोहमम्द दर्जी घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीले गोली प्रहारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ।
घटनास्थलमा अपराध अनुसन्धान महाशाखाको टोली र जिल्ला प्रहरी परिसरको प्रहरी टोली परिचालन गरिएको छ। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ। गोलीकाण्डमा प्रयोग भएको प्रहरीले पेस्तोल फेला पारेको छ ।