धनगढी । बिगत चार दिनदेखि बेपत्ता भएकी धनगढीकी १६ वर्षीया किशोरीको शव फेला परेको छ ।
भदौ २० गते विद्यालय जान्छु भनि हिडेकी धनगढी उपमहानगरपालिका-१३ की १६ वर्षीया आस्था शर्मा शुक्रबार बिहान मोहना नदीमा मृत भेटिएकी हुन्।
उनि वेपत्ता भए लगत्तै खोजीको लागि प्रहरी टोली खटिएको थियो।खोज्ने क्रममा आज उनको शव भारततर्फको हल्दुघाटस्थित मोहना किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
शर्माले लगाएको ट्र्याकको गोजीमा आस्था शर्मा लेखिएको कागज फेला परेको कैलाली प्रहरीले जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।