धनगढी । कैलालीमा १६ वर्षीया किशोरी बिगत चार दिनदेखि बेपत्ता भएकी छन्। कैलालीको धनगढी उप-महानगरपालिका–१३ बस्ने १६ वर्षीया आस्था शर्मा गत भदौ २० गते विद्यालय जान्छु भनि घरबाट गएको तर अझै नफर्किएको कैलाली प्रहरीले जनाएको छ।
त्रिभुवन माध्यमिक विद्यालय बोराडाडी कैलालीमा कक्षा ८ मा अध्ययनरत उनको खोजी जारी रहेको र पत्ता लाग्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।