सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको जित पक्का भएको छ।
३२ सय मत गन्न बाँकी हुँदा उनी ४२ सय मतले अगाडि छन्। धरानमा ६२८९८ मत खसेकोमध्ये हालसम्म ५९६१३ मतगणना भइसकेको छ। धरानमा अझै ३२८५ मत गन्न बाँकी छ।
साम्पाङ मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईभन्दा ४२८१ मतले अगाडि छन्। त्यसकारण साम्पाङको जित पक्का भएको हो।
हालसम्म साम्पाङले १९५९७ मत प्राप्त गरेका छन् भने राईले १५३१६ मत ल्याएका छन्। नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले १२३४८ मत पाएका छन्।
यस्तै धरानको उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार आइन्द्रविक्रम बेघा जित नजिक छन्।
बेघाले १९२८३ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका पदम इस्बो लिम्बूले १६९१६ मत पाएका छन्।