काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
१ लाख १४ हजार २०५ मतगणना हुँदा बालेन साढे ४० हजार बढी मत ल्याइसकेका छन्। उनी कांग्रेसकी सिर्जना सिंह भन्दा १७ बढी मतले अघि छन्।
हाल कांग्रेसकी सिंहले एमालेका केशव स्थापितलाई उछिनेकी छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ४०६०५
सिर्जना सिंह – २३३३४
केशव स्थापित – २२५५६
हालसम्म वडा नम्बर १ देखि ८ र २७ देखि ३२ सम्मको मतगणना सम्पन्न भइसकेको छ।
अहिले ९, १०, ११, १२, २३, २४, २५ र २६ वडा नम्बरको मतगणना भइरहेको छ।
मतगणना भइरहेको वडा नम्बर १२ टेकुमा मात्रै सिंह र स्थापितले फराकिलो अग्रता बनाएका छन्। अन्य वडामा केही मतले मात्रै बालेन पछि छन्।