सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार हर्कराज राईले सुरुवाती अग्रतालाई हालसम्म कायमै राखेका छन्।
सुरुवाती अग्रता लिएका राईले साढे ४ हजार मतगणना गर्न बाँकी हरँदा पनि अग्र स्थानमै छन्। उनले ४ हजार १५९ मतको अग्रता लिएका छन् ।
स्वतन्त्र उम्मेदवार हर्कराज राईले १९ हजार १५५ मत प्राप्त गरेका छन्। अर्का प्रत्यासी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले १४ हजार ९९६ र एमालेकी उम्मेदवार मञ्जु भण्डारीले १२ हजार १४३ मत पाएकी छन्।
अब ४ हजार ६२१ मत गन्न मात्र बाँकी छ। यो अवस्थामा हर्कराज राई एमालेकी मञ्जुभन्दा ७ हजार १२ मतले र कांग्रेसका किशोर राई भन्दा ४ हजार १५९ मतले अगाडि छन्।
धरान उपमहानगरमा मत ६२ हजार ८९८ मा खसेकोमा ५८ हजार २७७ मत गणना भइसकेको छ।
उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार अइन्द्र विक्रम बेघाको अग्रता जारी छ।
विजय जुलुसमा खादा र माला नलगाउनू
राईले पनि जित पक्का भएको दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छन्।
उनले विजय जुलुसमा खादा र माला लगाइदिनु नपर्ने र अनावश्यक खर्च नगर्न समर्थकलाई आग्रह गरेका छन्। उनले मतदाताको भोट नै आफ्ना लागि जीवन भर पुग्ने सम्मान रहेको बताएका छन्।
साथ्र उनले व्यक्तिगत नभएर सामाजिक स्वार्थ लिएर आफूसँग आउनु आग्रग गरेका छन्।