काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाह निरन्तर अगाडि बढेका छन्।
मतगणना सुरु देखिनै अग्रता लिइरहेका बालेनले उक्त लयलाई कायमै राखेका छन्। उनले आफ्ना प्रतिस्पर्धीहरूसँग मतान्तर फराकिलो पार्दै गएका छन्।
झण्डै एक लाख मत गणना हुँदा बालेन शाह पहिलो, एमालेका केशव स्थापित दोस्रो र कांग्रेसकी सिर्जना सिंह तेस्रो नम्बरमा छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
बालेन शाह – ३५७५१
केशव स्थापित – १९५१५
सिर्जना सिंह – १९४५८
राष्ट्रिय सभा गृहमा वडा नम्बर ७, ९, १०, ११, २४, २५, २६, २७ र ३१ को मतगणना भइरहेको छ।
वडा नम्बर १, २, ३, ४, ५, ६, ८, २८, २९, ३० र ३२ को मतगणना सकिसकेको छ।
हालसम्म मतगणना भएका र भइरहेका अधिकांश वडामा बालेनको अग्रता छ।
तर, ‘कोर एरिया’ भनेर चिनिन काठमाडौं महानगरपालिका– २७ र वडा नम्बर २५ मा बालेन पछाडि भए पनि प्रतिस्पर्धि मत पाइरहेका छन्।
वडा नम्बर २५ मा पनि स्वतन्त्र उम्मेदवार बालेन तेस्रो नम्बरमा छन्। जहाँ अर्का स्वतन्त्र उम्मेदवार सायमीको आँखिझ्यालले अग्रता लिइरहेको छ ।
‘कोर एरिया’ मा अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले मत बढाउँदा अन्य उम्मेदवारले बालेनसँगको मतान्तर घटाउन पाएका छैनन्।