काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आसामान सङ्गत अध्यक्षमा विजय भएका छन्।
सङ्गतले नेकपा (एमाले)का उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन्। उनको प्यानलनै निर्वाचित भएको हो।
सङ्गतले एक हजार ५५७ मत प्राप्त गर्दा कुइँकेलले ७३८ मत प्राप्त गरेका छन्। त्यसैगरी सदस्यमा शेखर देउला र सलोनी वडारी विजय भए।
महिला सदस्यतर्फ सरस्वती राजवंशी र दलित महिला सदस्यमा राजलक्ष्मी भुसाल विजय भइन्।
हाल कामपा वडा नम्बर १, २, ३, ४ ५, ६, ८, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ। त्यसैगरी वडा नम्बर ७, ९, १०, २४, २५, २६, २७ र ३१ को मत गणना कार्य जारी छ।
कामपामा कूल मतदाता तीन लाख २४२ रहेकोमा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ।