नेकपा (एमाले)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकामा राप्रपासहितको गठबन्धनले नगर प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ ।
गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका राम थापा नगर प्रमुखमा नेकपा (एमाले)की उम्मेदवार गीता अधिकारीलाई हराउँदै विजयी भए। थापाले १७ हजार ५५ मत ल्याए भने निकटतम प्रतिस्पर्धि अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरे।
यसैगरी उपप्रमुखमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिनु भएकी रेगिना भट्टराई विजयी भइन्। नेपाली कांग्रेसकी नेतृ भट्टराईले नेकपा एमालेका उम्मेद्वार अम्बिका खनाललाई हराउँदै विजयी बनिन्। भट्टराई १७ हजार ७२ मत प्राप्त गरेर विजयी बने । निकटतम् प्रतिस्पर्धि खनालले १६ हजार ५७४ मत प्राप्त गरे।