कैलाली। टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ। नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी भएका हुन्।
उक्त पार्टी रेशम चौधरीको हो। उनी टिकापुर घटनाको आरोपमा जेल सजाय काटिरहेका छन्।
थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार बनेका नेपाली कांग्रेसका नवराज रावललाई हराए। उनले नौ हजार ६४२ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नवराज रावलले ६ हजार ६४२ मत ल्याए।
त्यस्तै उपप्रमुखमा नागरिक उन्मुक्तिकी उल्कादेवी विकलाई हराउँदै गठबन्धनबाट उपप्रमुखका उम्मेदवार खडक शाह विजयी भए। शाहले सात हजार ९५५ मत ल्याए। उनका निकटतम प्रतिद्वन्द्वी विकले सात हजार ८०२ मत ल्याए।
टीकापुरमा तीन वडामा माओवादी केन्द्र, तीनमा कांग्रेस, दुईमा नागरिक उन्मुक्ति पार्टी र एउटामा एमाले विजयी भएको छ।