नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य रामजी साह पार्टी परित्याग गरी एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । रौतहटको गरुडामा आयोजित एक समारोहबीच साहसँगै अन्य कार्यकर्ता एमाले परित्याग गरेर समाजवादीमा प्रवेश गरेका हुन् ।
पार्टी अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि माधव कुमार नेपालले टीका र माला लगाएर नवप्रवेशीहरुलाई स्वागत गरेका थिए ।