भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा निधन भएको छ ।
थुप्रै नेपाली गीतमा पनि स्वर दिएकी लता मङ्गेसकरको मुम्बइमा आइतबार निधन भएको हो ।
उनलाई गत जनवरीका सुरुमा कोरोना संक्रमण भएपछि मुम्बइको सिटी अस्पातालमा भर्ना गरिएको थियो । कोरोना संक्रमणपछि उनमा निमोनियाँ भएको चिकित्सकहरुले बताएका थिए ।
जनवरी २८ तारिकमा उनलाई भेन्टिलेटरमा राखिएको भए पनि उनको स्वास्थ्य अबस्था कम्जोर बन्दै गएको थियो ।