मोरङ उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रंगेली नगरपालिका वडा नं.३ आमतोला बस्ने ३३ वर्षीय मोहमद सुभाम र सुनसरी देवान्गन्ज गाउँपालिका वडा नं ६ जिरोगौवा बस्ने १८ वर्षीय एक जना युवक छन् ।
उनीहरू लो प्रोफाइलका रहेको र थोरै पैसा भए पनि लोभिएर हत्यामा संलग्न भएको देखिएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि सप्तरीका शम्भुकुमार चौधरी र सुनसरीका राजेन्द्रकुमार श्रेष्ठको हत्या गरी खाल्डो खनी गाडेको आरोप छ ।
यसअघि शुक्रबार प्रहरीले उक्त हत्याकाण्डमा पक्राउ परेका ३ जनालाई सार्वजनिक गरेको थियो ।