पाँच दलको सत्ता गठबन्धनको बैठक शनिबार अपरान्ह ४ बजे पुनः बस्ने भएको छ ।
सरकार सञ्चालनका लागि गठित समन्वय समितिका संयोजक समेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज बिहान बसेको गठबन्धनको बैठकमा आगामी निर्वाचन सम्बन्धमा कानुनविद्हरुसँग परामर्श गर्ने निर्णय गरेको छ । सोही अनुसार प्रधनमन्त्री निवास बालुवाटारमा पुनः कानुनविद्हरुसँग छलफल गरिने पौडेलले बताए ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको वैशाखमा गर्नुपर्ने प्रस्ताव गरेपछि बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनबारे प्रस्ताव राखेको भए पनि सहमति नजुटेको बालुवाटार स्रोतले जनाएको छ ।
सत्ता गठबन्धनले यसअघि पनि स्थानीय तहको निर्वाचन सम्बन्धमा कानुनविद्हरुसँग् छलफल गरेको थियो । संविधानको धारा २२५ र स्थनीय तह सम्बन्धि ऐन, २०७३ बाझिएपछि कानुनविद्हरुले संविधान बमोजिमको कानुन बनाउनुपर्ने सुझाव दिएका थिए ।
बैठकमा जनमोर्चाबाहेक सबै सत्तारुढ दलका शीर्ष नेता सहभागी थिए ।