ज्ञानचन्द्र आचार्य संयुक्त अधिराज्य बेलायतका लागि राजदूत नियुक्त भएका छन् ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आचार्यलाई राजदूत नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा आचार्यलाई शुक्रबार बेलायतको राजदूत नियुक्त गरेको बताइएको छ ।