संयुक्त विद्यार्थी संगठनले केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन माग गरेका छन् ।
८ विद्यार्थी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै केएमसी र नोबेल मेडिकल कलेजको सम्बन्धन खारेजी प्रक्रिया अगाडि बढाउन माग गरेका हुन् । साथै, केएमसी र नोबेल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीको वैकल्पिक व्यवस्था गरेर सम्बधन खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ ।
संयुक्त विद्यार्थी संगठनले केएमसी मेडिकल कलेजमा आइतबार ताला लगाएको थियो ।
उनीहरुले विद्यार्थीबाट अतिरिक्त शुल्क नलिन, छात्रवास अनिवार्य नगर्न, जायज माग सम्बोधन गर्न र पठनपाठनको सहज वातावरण नबनेसम्म केएमसी र नोबेल मेडिकल कलेजमा भर्ना प्रक्रिया र पठनपाठन स्थगन गर्नुपर्ने माग अघि सारेका छन् ।
विज्ञप्तिमा पेट्रोलिमय पदार्थको मूल्यबृद्धि फिर्ता र इण्डेक्स चुलोको व्यवस्था गर्न पनि माग गरिएको छ ।
