नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ३३८ संक्रमित थपिएका छन् ।
नमाुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो हालसम्मकै दैनिक उच्च संक्रमण हो ।
बुधवार नेपालमा कोभिड महामारी सुरु भएपछिकै सर्वाधिक ११ हजार ३५२ संक्रमित थपिएका थिए ।
आज संक्रमण दर ५२.६ प्रतिशत रहेको छ ।
हाल देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेका छन् ।
आज ६४९ संक्रमित निको हुँदा ४ जनाको मृत्यु भएको छ ।
आज काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १३० र भक्तपुरमा ८५० जनामा संक्रमण पुष्टि भएको छ ।
विगत दुई सातादेखि नेपालमा कोभिड(१९ निरन्तर बढिरहेको छ । कोरोना संक्रमण बढ्दै गएपछि त्रिवि र लोक सेवाका सम्पूर्ण परीक्षा स्थगित भएका छन् ।
