पछिल्लो २४ घण्टामा १० हजार २५८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
२२ हजार ८२८ नमुना परीक्षण गर्दा १० हजार २५८ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमण सुरू भएयता नेपालमा आज पुष्टि भएका संक्रमितको संख्या हालसम्मकै सर्वाधिक हो । यसअघि मे ११, २०२१ मा सर्वाधिक ९ हजार ३ सय १७ जना संक्रमित फेला परेका थिए ।
आज काठमाडौंमा ४ हजार ४, ललितपुरमा ९७५, भक्तपुरमा ५७०, मोरङमा ५०९, सुनसरीमा ३१०, कास्कीमा २८७, रुपन्देहीमा २१२ संक्रमित थपिएका छन् ।
कुन जिल्लामा कति ? (सूचीसहित)
