पछिल्लो २४ घण्टामा १० हजार २५८ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
२२ हजार ८२८ नमुना परीक्षण गर्दा १० हजार २५८ कोरोना भाइरस संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज संक्रमणदर ४८.८ प्रतिशत छ ।
त्यस्तै, पछिल्लो २३ घण्टामा ५६२ संक्रमित निको हुँदा १ जनाको मृत्यु भएको छ ।
हाल देशभर ३९ हजार ४४ सक्रिय संक्रमित छन् ।
