स्वास्थ्य कार्यालय ललितपुरले आजबाट विभिन्न ३० स्थानबाट कोभिडविरुद्धको बुस्टर डोज खोप दिन थालेको छ ।
स्वास्थ्य कार्यालयका अनुसार फ्रन्टलाइनर र ज्येष्ठ नागरिकका लागि बुस्टर डोज खोप दिन थालिएको हो । जसका लागि ३० स्थानमा खोप केन्द्र तोकिएको छ ।
खोप अभियान माघ ४ गते देखि माघ ७ गतेसम्म चल्नेछ । खोप लगाउन दुवैमात्रा खोप लगाएको कार्ड लगेर जान आग्रह गरेको छ ।


