ईन्टरपोलको रेड नोटिसमा रहेका एक कुख्यात अपराधिलाई प्रहरीले समातेर नेपाल ल्याएको छ ।
हत्या गरेर फरार रहेका उदयपुर जिल्लाका उक्त व्यक्तिलाईे साउदि अरबबाट समातेर नेपाल ल्याईएको प्रहरीले जनाएको छ ।
उदयपुरकै मानबहादुर तामाङलाई २०६१ मंसिर १३ गते हत्या गरी साउदी अरब भागेका उदयपुर बेलका नगरपालिका वडा नं. ६ का ४० वर्षिय गोबिन्द मगरलाई प्रहरीले नेपाल ल्याएको हो ।
प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाबाट खटिई गएको प्रहरी टोलीले मगरलाई १७ वर्षपछी साउदी अरेबियामा पक्राउ परेपश्चात सम्बन्धित कसूरमा कारवाही गर्नकालागि नेपाल ल्याएको हो ।
मगरले तामाङको हत्या गरी फरार भएका थिए । उनको मुद्दा जिल्ला अदालत उदयपुरमा अहिलेपनी चलिरहेको छ ।
जिल्ला अदालतले प्रक्राउ गर्ने आदेश दिएपछी खोजि सुचिमा रहेका मगरलाई ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको अनुरोधमा प्रहरी प्रधान कार्यालय मार्फत ईन्टरपोल महासचिवालयबाट अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउको लागि २०७७ माघ २६ गते रेड नोटिस जारी गरिएको थियो ।
मगरलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला उदयपुरलाई बुझाइएको ईन्टरपोल शाखाले जनाएको छ ।