नेपालमा पछिल्लो २४ घण्टामा थप ३०७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १३ हजार ३६ नमुना परीक्षण गरिएको थियो ।
आज २७८ संक्रमित निको भएका छन् ।
यस्तै, बुधबार कोरोनाबाट २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा १५३८ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ११ हजार ६९० सक्रिय संक्रमित छन् ।