नेकपा एमाले पर्साको बन्दसत्र स्थगित भएको छ ।
एमाले पर्साको मंगलबार र बुधबार भएको ८औं जिल्ला अधिवेशनपछि बन्दसत्र स्थगित भएको हो ।
जिल्ला अधिवेशनका अध्यक्ष मण्डलका अध्यक्ष प्रभु हजराले बुधबार एक सूचना जारी गर्दै विशेष कारणले बन्दसत्र स्थगित गरिएको जानकारी दिएका छन् ।
बन्दसत्रका अन्य कार्यक्रम अर्को सूचना प्रकाशित गरेर जानकारी दिइने उनले बताए ।
महासचिव शंकर पोखरेलले मंगलबार वीरगंज पुगेर एमाले पर्सा जिल्लाको आठौं आधिवेशन उद्घाटन गरेका थिए ।