प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।
धरान–२ मा नवनिर्मित नेपाली कांग्रेसको क्षेत्र नं १ को पार्टी कार्यालय उद्घाटन गरेपछि आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्ने र यसका लागि देशैभरिका सबै कार्यकर्ताहरुको सहयोग आवश्यक रहेको बताए ।
उनले भने, ‘नेपाली कांग्रेसका कार्यकर्ताहरु एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ, अब कांग्रेसको महाधिवेशन पनि सकिएको छ, आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ भन्ने मेरो आग्रह छ ।’