पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।
नौ हजार सात सय जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २९१ जना र दुई हजार ७९८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २५५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको जनाएको छ ।
सोही अवधिमा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ५९८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी, देशभर हालसम्म पाँच हजार पाँच जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ४४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।