लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रा.लि.का प्रबन्ध निर्देशक शशिधर शर्मा पौडेल सम्मानित भएका छन् ।
तिलक फिल्म्सले राष्ट्र निर्माणमा कलाकारहरुको भूमिका विषयक विचार गोष्ठी, सम्मान प्रदान तथा सांस्कृतिक समारोह आयोजना गदै मनाएको ५औं वार्षिकोत्सवको अवसरमा नेपालकै ठुलो गाई फर्म लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रा.लि. का प्रबन्ध निर्देशक पौडेललाई सम्मान गरेको हो ।
रुपन्देहीमा रहेको लुम्बिनी एग्रो प्रोडक्स एण्ड रिसर्च सेन्टर प्रा.लि. नेपालकै ठुलो गाई फर्म हो ।
कृषि अभियान्ता तथा वरिष्ठ समाजसेवी समेत रहेका पौडेललाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले खाँदा र माला लगाउँदै प्रमाणपत्र दिएर सम्मान गरे ।
दीपकराज जोशी प्रबन्ध निर्देशक रहेको तिलक फिल्म्सले चलचित्र, गीतसँगै चेतनामूलक सामग्री निर्माण गर्दै आएको छ ।