नेकपा (माओवादी केन्द्र)ले ८ औ राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
यसअघिसम्म माओवादी केन्द्रले आइतबारदेखि प्रथम राष्ट्रिय सम्मेलन आयोजना गर्ने बताउँदै आएको छ । जुन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भनिएको थियो ।
तर, शनिबार बसेको स्थायी कमिटी बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई ८औं राष्ट्रिय महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने निर्णय भएको बताए ।
यद्यपी उक्त निर्णय आइतबार बिहान बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि मात्रै स्थायी कमिटीको निर्णयले वैधानिकता पाउनेछ ।