सर्वोच्च अदालत परिसरमा वकिलबीच कुटाकुट भएको छ । 
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्ष विपक्षमा रहेको वकिलहरूबीच शुक्रबार अदालत परिसरभित्रै कुटाकुट भएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्ः   
प्रधानन्यायाधीशलाई लिएर विवाद बढ्दै जाँदा काठमाडौं बारका अधिवक्ता विराट न्यौपानेले सर्वोच्च बारका अर्का अधिवक्ता भूमिनन्द चुँडालबीच झापट हाने । त्यसपछि सर्वोच्च परिसर तनावग्रस्त बन्यो । 
न्यौपाने प्रधानन्यायाधीशको विपक्षमा र चुँडालले पक्षमा छन् ।